मंगलबार, मंसिर २५, २०८१

लोकप्रिय पाकिस्तानी कार्यक्रमहरू

नेपालखोज २०८१ कार्तिक २६ गते १५:४५

काठमाडाैं । युट्युबमा पाकिस्तानी कार्यक्रमहरू पनि निकै लोकप्रिय छन् । धेरै मानिसहरू ती कार्यक्रम हेर्न मन पराउँछन् र मानिसहरू यसको मज्जा पनि लिन्छन् । कतिपयले त भारतका डेली शप छोडेर यी पाकिस्तानी ड्रामा हेरिरहेका छन् । यस्तो अवस्थामा आज हामी तपाईलाई पाकिस्तानका यस्ता रमाइला टिभी कार्यक्रमहरूका बारेमा बताउँदैछौं जुन एकपटक हेर्नैपर्छ, किनभने यीनले आइएमडिबि रेटिङमा पनि राम्रो छाप छोडेका छन् ।

कभी मैं कभी तुम

हानिया आमिर र फहाद मुस्तफाको सिरियल कभी मै कभी तुमको मेघा अन्तिम एपिसोड हालै रिलिज भएको थियो । यो सिरियल पाकिस्तान सहित विश्वभर चर्चित भयो । कभी मैं कभी तुम आइएमडिबिको रेटिङमा पनि शीर्ष स्थानमा छ र यसले ९.२ अंक प्राप्त गरेको छ । यो सिरियल युट्युबमा हेर्न सकिन्छ ।

परिजाद

यो शो ले पनि शानदार रेटिङ पाएको छ । आइएमडिबिमा यसको रेटिङ ९.१ छ । यो सिरियल आफैमा स्थापित छ । यसको कथा कोमल र ईमोशनल युवती परिजादको दैनिक जीवन र प्रेम जीवन वरिपरि घुम्छ ।

सुनो चन्दा

सुनो चन्दा पाकिस्तानी रोमान्टिक कमेडी हो जसमा इक्रा अजिज, फरहान सईद, नबिल जुबेरी जस्ता कलाकारहरू छन् । यसलाई आइएमडिबिमा ८.८ रेटिङ दिईएको छ ।

इश्क मुर्शिद

यो पाकिस्तानी नाटक एक राजनीतिज्ञको छोराको जीवन वरिपरि घुम्छ जो भ्रष्टाचारको कडा विरोध गर्ने केटीसँगको प्रेममा पर्छ। यो सिरियलमा बिलाल अब्बास खान, असिम मुनिर, दुर-ए-फिशन सलिम मुख्य भूमिकामा छन् । यसले आइएमडिबिमा ८.४ अंक प्राप्त गरेको छ।

मेरे हमफसर

मेरे हमसफरमा सबा हमीद, समिना अहमद तथा वासिम अब्बास मुख्य भूमिकामा छन् । यसमा हनिया आमिरले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्। यो धारावाहिकको आइएमडिबिमा रेटिङ ८.२ छ।

संगे मर मर

पाकिस्तानी शो संगे मर मर को आइएमडिबि रेटिङ ८.९ छ। यसमा नौमन इजाज, सानिया सईद, मिकाल जुल्फिकार तथा कुब्रा खान मुख्य भूमिकामा छन् भने ओमेर राणा, पारस मसरूर, उज्मा हसन, टिपु शरीफ तथा कैफ गजनवी सहायक भूमिकामा छन् ।

प्रतिक्रिया