आज र भोलि पहाडी र हिमाली क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना
नेपालखोज
२०७६ फागुन ११ गते ८:५७
काठमाण्डौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार आज र सोमबार भोली पहाडी र हिमाली भेगका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।
महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । अहिले देशभरि नै सामान्यदेखि आंशिक बादल लागेको छ । आइतबार आज दिउँसो घाम लागे पनि बेलुकीपख फेरि बादल लागेर पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय प्रणालीका कारण बादल लाग्नुको साथै पानी पर्ने र आउँदो बुधबारदेखि मात्र मौसम खुल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार भोली पनि देशभर बादल लागेर काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।
सम्बन्धित
प्रतिक्रिया