सुनको भाउ यही हप्ता ताेलाकाे ८० हजारसम्म पुग्ने अनुमान
नेपालखोज
२०७६ फागुन ११ गते १०:४४
काठमाडौँ । पछिल्लाे केही दिन यता सुनको भाउ बढेकाे बढ्यै छ । शनिबार पनि सुनकाे भाउ बढ्ने क्रम राेकिएकाे छैन । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारकाे भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ ।
चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको अनुमान छ ।
यस्तै चाँदी आइतबार ताेलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया