रोनाल्डोको १००० औँ खेलमा कीर्तिमानी गोल
नेपालखोज
२०७६ फागुन ११ गते ११:०६
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा सिरी ‘ए’ फुटबलमा युभेन्टस विजयी भएको छ ।
शनिबार राति भएको खेलमा युभेन्टसले एसपीएएललाई दुई–एक गोल अन्तरले हरायो । युभेन्टसको जितमा रोनाल्डो र आरोन राम्सेले गोल गरे ।
करियरको सिनियरतर्फ एक हजार खेल पूरा गरेका रोनाल्डोले शनिबारको खेलमा एक गोल गर्दै गोल सङ्ख्या ७ सय २५ पुर्याएका छन् । साथै उनी सिरी ए फुटबलमा लगातार ११ खेलमा गोल गर्न सफल भएका छन् ।
खेलको ३९औँ मिनेटमा गोल गरेका रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फबियो क्वाग्लिआरेलाको कीर्तिमानी गोल बराबरी गरे । खेलको ६०औँ मिनेटमा आरोन राम्सेले एक गोल थप्दा एसपीएएलका आन्द्रे पेटाग्नालेटरले ६९औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
सम्बन्धित
प्रतिक्रिया