बिहीबार, वैशाख ६, २०८१

आउने दशैँमा रिलिजको लक्ष्य सहित परदेशी २ को छायांकन सुरु

नेपालखोज २०७६ फागुन ११ गते १४:१५

काठमाडौँ । करिव चार बर्ष अगाडी निर्माण भएको सुपर हिट चलचित्र परदेशीको सिक्वेल (परदेशी २) को छायांकन सुरु भएको छ। आउने दशैँमा रिलिज गर्ने टार्गेट बोकेर यस चलचित्रको छायांकन सुरु गरिएको छ। यस चलचित्रका केही दृश्य नेपाल र केही विदेशमा छायांकन हुने बताइएको छ ।

(परदेशी २) बाटै गायन क्षेत्रबाट चर्चा कमाएका प्रकास सपुत नायकका रुपमा डेव्यु गर्दैछन् । नायिका वर्ष शिवाकोटी उनको जोडीका रुपमा देखा पर्ने चलचित्र न्युनिटले जानकारी दिएको छ ।

प्रदेशी चलचित्रमा नायकको भुमिकामा रहेका प्रशान्त तामाङ्ग पनि यस चलचित्रमा देखिदैछन्। नारायण रायमाझीको निर्देशनमा तयार हुने चलचित्रमा अभिनेत्री केकी अधिकारिको प्रवेश भएको छ। कथाको माग अनुसार चलचित्रमा उनलाई प्रवेश गरिएको निर्माण टिमले बताएको छ।

प्रतिक्रिया