मंगलबार, चैत ६, २०८०

कुन्ति-शिलाबहादुरलाई इनास अमेरिकाको विशेष सम्मान

नेपालखोज २०७९ असार ८ गते १७:१०

बाल्टिमोर, अमेरिका । वरिष्ठ गायिका कुन्ति मोक्तान र वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानलाई इनास अमेरिकाले सम्मान गरेको छ । मोक्तानद्वयको सांगीतिक योगदानको उच्च कदर गर्दै इनास अमेरिकाको मानार्थ सदस्यता प्रदान गर्दै विशेष सम्मान अर्पण गरेको हो ।

उक्त अवसरमा इनास अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु लामा थिङले, मोक्तानद्वयलाई खादा लगाई सम्मानपत्रबारे पढेर सुनाएका थिए । इनास जीसी आर. कृष्ण श्रेष्ठले दुवैलाई पुष्पगुच्छा प्रदान गरेका थिए । इनास अमेरिका राष्ट्रिय समिति अध्यक्ष कन्हैयासिंह परियारले मोक्तानद्वयलाई विशेष सम्मानपत्र प्रदान गरे ।

नमस्ते इभेन्टको आयोजना भएको कार्यक्रमलाई एनआरएनए मेरिल्यान्ड च्याप्टर र इनास मेरिल्यान्ड च्याप्टरले सहयोगीको भूमिका निभाएका थिए । कार्यक्रम सफल बनाउन कार्यक्रम संयोजक, राहुल केसी, रमेश श्रेष्ठ र लक्ष्मण पौडेलको विशेष भूमिका रह्‌यो ।

नेपाली समुदायको बाक्लो सहभागिता रहेको कार्यक्रममा रतन सुवेदी, दिनेश कार्की, सन्जीव प्रधान, सरिष्मा आमात्य, अन्जना गुरुङ, अनुसुया श्रेष्ठ वन्त, आभा मुकारुङ, याम क्षेत्री, कल्पना देवकोटा पौडेल, उदय भट्टराई, प्रवेश उप्रेती, मनीष शर्मा, श्याम
गुरुङलगायतका कलाकार पनि उपस्थित थिए ।

प्रतिक्रिया