मंगलबार, वैशाख ११, २०८१

शिवरात्रीमा आएका बाबाहरुलाई बाटो खर्च दिएर बिदाइ

नेपालखोज २०७६ फागुन ११ गते १४:४६

काठमाडौँ । महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका जोगीहरुलाई बाटो खर्चसहित बिदा गरिएको छ। पशुपतिनाथमा आएका जोगी, नागा बाबा र अन्य बाबालाई बिदा गरिएको हो।  ६ हजार भन्दा बढी बाबाहरूलाई आइतवार बिदा गरिएको हो। पशुपति क्षेत्र विकास कोष र पशुपति गोश्‍वारा गुठी संस्थानले उनीहरुलाई एकसाथ बिदाइ गरेको हो।

आइतबार एक कार्यक्रम गरि स्वदेश तथा विदेश बाटका बाबाहरुलाई बिदा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। रूद्राक्ष र दक्षिणास्वरूप रकम दिएर बिदा गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताए।

उनका अनुसार बाबाको वर्गीकरण गरर दक्षिणा दिइएको छ। त्रिलोक तीर्थ शंकराचार्यलाई ७ हजार १ रूपैयाँ र महामण्डलेश्वर किन्‍नर अखडालाई ५ हजार १ दिएर बिदाइ गरिएको छ। बाबाहरूको ग्रेड छुटयाएर दक्षिणा वितरण गरिएको उनले बताए। ‘क’ वर्गका बाबालाई ९५१, ‘ख’ वर्गलाई ७५१, ‘ग’ वर्ग ५५१, ‘घ’ वर्गका ३५१, ‘ङ’ वर्गका २५१ र ‘च’ वर्गकालाई १५१ रूपैयाँ दिएर बिदाइ गरिएको छ।

प्रतिक्रिया