बिहीबार, वैशाख १३, २०८१

प्रभु क्यापिटल लिमिटेडको एघारौँ साधारणसभा सम्पन्न

नेपालखोज २०७६ फागुन ११ गते १७:४६

काठमाण्डौँ । प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको एघारौँ साधारण सभा सम्पन्न भएको छ ।

कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा भएको उक्त साधारणसभामा प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड गाभ्ने सम्बन्धमा अन्तिम छलफल पनि भएको थियो । यसका साथै आ.व. ०७५/७६ को लेखापरिक्षणको प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन, शेयरधनीहरुलाई २.१८३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने लगायतका प्रस्तावहरुमाथि छलफल भएको थियो ।

कार्यक्रममा लिमिटेडका अध्यक्ष विनोद थकालीले व्यवसायिक चुनौती कायमै रहेतापनि प्रभु क्यापिटलले प्रभु बैंक लिमिटेडको सामूहिक लगानी कोषको व्यवस्थापन गर्न आवश्यक कार्य अगाडि बढाईसकेको र निकट भविष्यमा नै खुलामुखी सामूहिक लगानी कोषको व्यवस्थापन गर्ने योजना अन्तर्गत कार्य भईरहेको, मर्जरबाट पूँजीको आकारमा बृद्धि गरी भेन्चर क्यापिटल, प्राईभेट ईक्युटी, इन्भेष्टमेण्ट बैंकिङ आदि जस्ता नविनतम अवधारणामा कार्यगरी शेयरधनीहरुको उचिकत प्रतिफल प्रदान गर्ने लक्ष्यसहित अगाडि बढिरहेको बताए ।

दुई क्यापिटल लिमिटेडको मर्जरपश्चात् प्रभु क्यापिटलको चुक्ता पुँजी ८० करोड रुपैयाँभन्दा बढी हुने बताइएको छ ।

प्रतिक्रिया