बिहीबार, वैशाख १३, २०८१

निको हुन्छ हेपाटाइटिस बी

नेपालखोज २०७६ फागुन १२ गते ६:२९

काठमाडौँ । हेपाटाइटिस भन्नासाथ तर्सने गरिन्छ । हुन पनि नेपालमा हेपाटाइटिस बीका बिरामी दुई लाख ५० हजार छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वको कुल जनसङ्ख्याको शून्य दशमलब आठ प्रतिशतलाई हेपाटाइटिस बी रहेको अनुमान छ । मानिसलाई अत्याउने खालको रोग भए पनि उपचारबाट निको हुने रोग हो हेपाटाइटिस बी ।

वरिष्ठ कलेजो रोग विशेषज्ञ डा दिलिप शर्मा औषधि खाएपछि यो रोग निको हुने बताउँछन् । उनका अनुसार हेपाटाइटिस बी भाइरसबाट सर्ने रोग हो र हेपाटाइटिस लागिसकेपछि त्यसको सङ्क्रमण बढ्न नदिनलाई नियमित औषधि सेवन गर्नुपर्छ ।

वीर अस्पतालमा कार्यरत कलेजो रोग विशेषज्ञ डा विकास जैशीले हेपाटाइटिस बी लाग्दैमा आतिनुपर्ने अवस्था नरहेको बताए । उनले हेपाटाइटिसको उपचार सम्भव भएको भन्दै औषधि भने कम्तीमा १० देखि १२ वर्षसम्म सेवन गर्नुपर्ने बताए ।

प्रतिक्रिया