आइतबार, वैशाख १४, २०८२

जलवायुका क्षेत्रमा लगानी गर्न अर्थ मन्त्रीको आग्रह

नेपालखोज २०७६ फागुन १२ गते १५:४०

काठमाडौँ । अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालमा जलवायुका क्षेत्रमा लगानीमा सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । नेपालमा जलवायुका क्षेत्रमा लगानी सुधार परामर्श कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले सरकार जलवायु परिवर्तको विश्व अवस्थाबारे जानकार र सचेत रहेको भन्दै यसको सुधारकालागि आफ्नो तर्फबाट प्रयत्नरत भएको बताए ।

उनले खस्किदै गएको विश्व वातावरणीय अवस्थामा सुधारको भूमिका खेल्न नेपालका लगानीकर्तालाई आग्रह समेत गरे । उनले भने, “हामीले व्यापारमा लगानीको वातावरण सृजना गर्नुपर्छ । यसो भन्दैमा विश्व वातावरणिय अवस्थालाई विर्सन मिल्दैन । यो हाम्रो कर्तव्य र आजको आवश्यकता हो । ”

उनले जलवायुको विषय निश्चित घेराभित्र अडिएर नबस्ने भएकाले हरेक जलवायु परिवर्तनकोे प्रभावलाई खेप्नुपर्ने बताउँदै समाज र अर्थतन्त्रमा यसको नकारात्मक प्रभाव कम गर्न आफुहरु योजनावद्ध ढंगले अघि बढिरहेको जानकारी दिए । उनले भने,“जलवायुको क्षेत्र विश्वव्यापी छ । हाम्रो समाज अनि अर्थतन्त्रमा समेत यसले प्रत्यक्ष र परोक्ष प्रभाव पार्छ । हामी यस विषयमा गम्भिर छौँ ।”

नेपालमा जलवायुका क्षेत्रमा लगानी सुधार परार्मश कार्यशाला सोमबारदेखि काठमाडौँमा सुरु भएको हो । अर्थ मन्त्रालय र विश्व बैंक ग्रुपसँगको सहकार्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको यो कार्यशाला २ दिनसम्म चल्ने छ ।

कार्यशालामा अर्थ मन्त्री डा. युवराज खतिवडा सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव, सहसचिव, अर्थ मन्त्रालयका सचिव, विश्व बैंकका अधिकारीहरु लगायत बैंकर्स, व्यवसायीहरुको उपस्थिति रहेको छ । यस कार्यशालामा जलवायु परिवर्तनको अवस्था, जलवायुका क्षेत्रमा लगानी र व्यवसायिक फाइदा लगाएतका विविध पक्षमा सैदान्तिक र कार्यात्मक छलफल तथा अभ्यास गरिने छ ।

प्रतिक्रिया