बुधबार, वैशाख १२, २०८१

नेपाल प्रहरीमा ३ एआइजी र १८ डिआजी बढुवा हुँदै, को–को छन् प्रतिस्पर्धामा ?

नेपालखोज २०७६ फागुन १२ गते १५:१६

काठमाण्डौ । नेपाल प्रहरीभित्र रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआइजी) र नायव महानिरीक्षक (डिएसपी) बढुवा प्रक्रिया अगाडि बढ्ने भएको छ । हाल नेपाल प्रहरीमा ३ एआइजी र १८ डिआइजी पद खाली रहेको छ ।

नेपाल प्रहरीको भावी महानिरीक्षक बन्ने लाइनमा रहेका कारण एआइजी बढुवामा तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । रिक्त रहेको ३ जना एआइजीमा ६ जना डिआइजीको प्रतिस्पर्धा हुने देखिएको छ । हालका डिआइजीहरु तारणी लम्साल, सूर्य उपाध्याय, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, प्रधुम्न कार्की र निजबहादुर शाहीबीच एआइजीको निम्ति प्रतिस्पर्धा हुने भएको छ । उनीहरु मध्ये ३ जनालाई एआइजी बढुवा गर्ने भएपछि प्रहरीबीच उच्च राजनीतिक दौडधूप सुरु भएको छ ।

रोलक्रम अनुसार वर्तमान आइजिपी ठाकुल ज्ञवालीका व्याची तारणी लम्साल पहिलो पंक्तिमा रहेतापनि उनी पछि शैलेश थापा क्षेत्री, हरिबहादुर पालको बलियो सम्भावना रहेको श्रोतले बताएको छ । त्यसपछि मात्र डिआइजीहरु प्रधुम्न कार्की, निरजबहादुर शाही र सूर्य उपाध्यायको पालो आउने बताइएको छ ।

यसैगरी १८ जना डिआइजी बढुवाका लागि ३२ जना एसएसपिबीच प्रतिस्पर्धा हुने भएको छ । डिआइजी प्रतिस्पर्धाका निम्ति हालका एसएसपी घनश्याम अर्याल, पुरुषोत्तम कणेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल शाह, उत्तमराज सुवेदी, धीरजप्रताप सिंह, बसन्त कुमार लामा, दिवेश लोहनी, रविन्द्र धानुक बढुवाका दावेदार रहेका छन् भने सहकुल थापा, अरुण कुमार विसी, प्रकाश अधिकारी, शुसिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पुजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर वोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइरला, प्रदिपकुमार श्रेष्ठबीच डिआइजी बढुवाको प्रतिस्पर्धा रहेका छन् ।

प्रहरी नियमावली २०७१ अनुसार एआइजीको बढुवा सिफारिस समितीमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आइजिपी सदस्य सचिव रहेको तीन सदस्यीय बढुवा समितिको हुने नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया