बिहीबार, चैत १५, २०८०

एक सय पाँच बोरा केराउ बरामद

नेपालखोज २०७६ फागुन १२ गते १८:३२

कैलाली । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले भारत निकासी हुँदै गरेको एक सय पाँच बोरा केराउ बरामद गरेको छ । भन्सार छलेर अवैध बाटो हुँदै भारत लैजाँदै गरेको केराउ बरामद गरिएको भन्सार अधिकृत रामचन्द्र शर्मा ढकालले जानकारी दिए ।

“विशेष सूचनाका आधारमा भन्सारको टोलीले अवैध बाटो हुँदै रातिको समयमा भारत लैजान थालिएको केराउ बरामद गरेको हो”, भन्सार अधिकृत शर्माले भने, “ट्र्याक्टरमा लैजाँदै गरेको केराउ भन्सारको टोली देखेपछि भारतीय भूमिमा खसालेर ट्र्याक्टर चालक भागेकाले केराउ व्यापारी भने पक्राउ गर्न नसकिएको हो ।”

प्रतिक्रिया