शुक्रबार, वैशाख १४, २०८१

ट्रकको ठक्करबाट एक जनाको मृत्यु चार घाइते

नेपालखोज २०७६ फागुन १२ गते २०:३८

काठमाडौं । अहिले साँझ काठमाडौं कलंकी नजिक अनियन्त्रित रुपमा आएको ना ६ ख २८७१ नम्वरको ट्रकले आधा दर्जन सवारीलाई ठक्कर दिँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सो घटनामा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको भएपनि विस्तृत विवरण आउन वाँकी छ ।
ट्रकले एउटा स्कोर्पियो जिप, एउटा स्कुटर, एउटा पिकअप भ्यान र एउटा ट्याक्सीलाई एकैसाथ ठक्कर दिएको प्रहरीले पुष्टि गरेको हो । दूर्घटना पश्चात कलंकी क्षेत्रमा अहिले यातायात वन्द रहेको छ । घटनामा ४ जना घाईतेका भएका छन् ।

प्रतिक्रिया