चीनमा कोरोनाका कारण मर्नेको संख्या २५ सय नाघ्यो, ७७ हजार बढी संक्रमित
नेपालखोज
२०७६ फागुन १३ गते ८:०७
काठमाडौँ, १३ फाल्गुन । चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २५ सय नाघेको छ । पछिल्लो एक रिपोर्टका अनुसार कोरोना भाइरसका कारण चीनमा २५०० जनाभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ७७ हजार नाघेको छ ।
त्यस्तै झण्डै २४ हजार संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । चीनले संक्रमितहरुको उपचारका लागि हरसम्भव प्रयास गरिराखेको छ भने हस्पिटल निर्माण कार्यलाई पनि उत्तिकै तिब्रता दिएको छ ।
तर, कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्न कठिन भएको बताइएको छ ।
कोरोना भाइरस कसरी सर्छ भन्ने कुरा अझै पनि पुष्टि नभएको यसमा अध्ययन गरिरहेका वैज्ञानिकहरुले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया