बिहीबार, माघ २४, २०८१

ललिता निवासको जग्गा राणा परिवारबाट बकस लिनेमा अधिकांश कर्मचारीका आफन्त

नेपालखोज २०७६ फागुन १३ गते ७:४८

काठमाडौं । ललिता निवासको जग्गा राणा परिवारबाट बकस लिनेमा अधिकांश कर्मचारीका श्रीमती, छोराछोरी र आफन्त छन्। मालपोत कार्यालय डिल्लीबाजर, समरजंग कम्पनी, गृह मन्त्रालयका कर्मचारीले सुर्वण शमशेरका हकवालाबाट आफ्ना नातागोताको नाममा बकस गरी आफ्नोमा गरेका छन्।

Advertisement

ललिता निवासको ११२ रोपनी जग्गा राणा परिवारको नाममा ल्याउन कमिसन स्वरुप कर्मचारीका परिवारको नाममा बकस गरिएको देखिएको छ। यो जग्गा २०२१ सालमा नै अधिग्रहण गरी क्षतिपूर्ति समेत दिएर सरकारको नाममा ल्याइएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गराएको आरोप पत्रमा निर्वाचन आयोगका आयुक्त शाहकी श्रीमति उर्मिलासहित १३ कर्मचारीका परिवार र आफन्त छन्। उनीहरूले जग्गा फिर्ता गरेको ८ दिनभित्र बकस गरिदिएको अख्तियारले विशेष अदालतमा पेस गरेका आरोप पत्रमा उल्लेख छ। याे समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

प्रतिक्रिया