मंगलबार, माघ १, २०८१

दाहाल-नेपाल समूहको आज धनगढीमा शक्ति प्रदर्शन, दुवै अध्यक्षले सम्बोधन गर्ने

नेपालखोज २०७७ माघ १७ गते ९:५२

धनगढी । नेकपा प्रचण्ड–माधव समूहले आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शक्ति प्रर्दशन गर्दैछ । शक्ति प्रर्दशनसँगै गरिने जनसभामा सो समूहका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

दिउँसो १ बजे धनगढीको खुलामञ्चमा सुरु हुने जनसभा सम्बोधन गर्न अध्यक्ष नेपाल गएराति नै धनगढी पुगिसकेको र अर्का अध्यक्ष प्रचण्ड आज धनगढी पुग्ने नेकपाका स्थायी समिति सदस्य एवंं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले जानकारी दिए ।

रावलका अनुसार दिउँसो १ बजे जनसभा सुरु हुनुअघि धनगढीको चौराहा र क्याम्पस रोड दुवै तर्फबाट र्‍याली निस्कने छ । इन्चार्ज रावलले प्रर्दशन र भेलाको सम्पूर्ण तयारी पूरा भैसकेको बताउए । यति नै संख्या भनेर तोक्न नसक्ने तर प्रर्दशनमा उत्साहका साथ ठूलो संख्यामा केपी ओलीले चालेको असंवैधानिक कदमको विरोधमा जनताको सहभागिता रहने उनले बताएका छन् ।

प्रर्दशनलाई लक्षित गरि स्थानीय प्रशासनले पनि सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । प्रचण्ड–नेपाल समूहले जनसभाको पूर्वसन्ध्यामा हिजो बेलुका मोटरसाइकल र्‍याली निकालेको थियो । 

प्रतिक्रिया