आज केहि स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना
नेपालखोज
२०७६ फागुन १३ गते ९:०४
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार आज देशका केहि स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको छ ।
पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण देशका पुर्व, मध्य र पश्चिमका केहि स्थानमा दिउँसोपख हावाहुरी र चट्याङसहित हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने संभावना रहेको महाशाखाकी मौसमवीद् विभूती पोखरलले जानकारी दिइन् ।
केहि दिन यता देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुँदै आएको छ । आज पनि देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात हुने मौसमवीद् पोखरेलले बताइन् ।
सम्बन्धित
प्रतिक्रिया