बिहीबार, चैत १५, २०८०

मिस नेपाल २०२० को आवेदन खुला

नेपालखोज २०७६ फागुन १३ गते १०:२४

काठमाडौँ । मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । सोमबारबाट खुला गरिएको मिस नेपालको आवेदन मार्च २७ गतेसम्म भर्न सकिने छ । आवेदन फर्म मिस नेपालको वेबसाइटमा गएर निःशुल्क भर्न सकिने छ ।

२०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन ट्रेजले जानकारी दिएको छ । आयोजक हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरले मिस नेपालको अडिसन देशको विभिन्न नौ सहरमा हुने जानकारी दिए ।

अडिसन हुनेमा स्थानहरुमा काठमाडौं, चितवन, धनगडी, नेपालगंज, बुटवल, पोखरा, वीरगञ्ज, धरान र विर्तामोड रहेका छन् ।

मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अविवाहित युवती हुनुपर्नेछ । ५.४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया