सोमबार, वैशाख १७, २०८१

यी बलिउड स्टार चढ्छन यति महँगो कार

नेपालखोज २०८० साउन १६ गते १७:५५

काठमाडाैं । शाहरुख खानदेखि अमिताभ बच्चनसम्म बलिउडमा सबै सँग महँगो कारको कलेक्शन छ । यस्तो अवस्थामा यी अभिनेताको स्वामित्वमा रहेको सबैभन्दा महँगो कार कुन हो त ?

शाहरुख खान : किङ खानसँग लगभग २० वटा लक्जरी कारको संग्रह छ। उनीसँग बुगाटी भेयरोन छ जसको मूल्य १२ करोड भारु भएको बताइन्छ ।

अमिताभ बच्चन : शताब्दीका मेगास्टार अमिताभ बच्चनसँग मर्सिडीज बेन्ज एस ६०० छ जसको मूल्य १०.५० करोड भारु पर्छ।

आमिर खान : आमिर खान पनि महँगा कारका सौकिन हुन । उनीसँग मर्सिडीज एस ६०० छ जसको मूल्य १०.५० करोड भारतिय रुपैयाँ पर्छ ।

अक्षय कुमार : अक्षय कुमारसँग रोल्स रोयस फ्यान्टम छ जसको मूल्य ८ करोड भारु छ।

रणवीर सिंह : रणवीर सिंहसँग एस्टन मार्टिन स्पोर्ट्स कार छ जसको मूल्य ८ करोड भारु छ ।

सलमान खान : यी भाइजानसँग धेरै लक्जरी कारको संग्रह छ जसमा रेन्ज रोभर भोग पनि समावेश छ। यसको मुल्य ४ करोड भारु छ ।

ऋतिक रोशन : ऋतिक रोशनसँग एउटा महँगो कार रोल्स रोयस घोस्ट सिरिज २ छ जसको मूल्य ७ करोड भारु पर्छ ।

प्रतिक्रिया