शुक्रबार, वैशाख ७, २०८१

यति प्रकरण : उपप्रधानमन्त्री पोखरेल आज श्वेतपत्र जारी गर्दै

नेपालखोज २०७६ फागुन १३ गते ११:०५

काठमाडौँ । यति होल्डिङ लिज अवधि प्रकरणबारे उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेलले यति प्रकरणबारे मंगलबार आज श्वेतपत्र जारी गर्ने भएका छन् ।

पोखरेलले गोकर्ण रिसोर्टको लिज सम्झौताको प्रकरणसहित नेपाल ट्रष्टको देशभरि भएको सम्पत्ति विवरणबारे श्वेतपत्र आज सार्वजनिक गर्न लागेका हुन् ।

मंगलबार दिउँसो ३ बजे नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरणबारे पोखरेलले जानकारी दिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीनिकट व्यापारिक समूह यति होल्डिङलाई लिज अवधि सकिनु अगावै २५ वर्ष गोकर्ण रिसोर्ट जिम्मा लगाएपछि ट्रष्टमाथि प्रश्न उठ्दै आएको छ ।

मन्त्री पोखरेलले सार्वजनिक गर्न लागेको श्वेतपत्रमा गोकर्ण रिसोर्ट र दरबारमार्ग र ताहाचलको लिज भाडा प्रकरणबारे छुट्टाछुट्टै च्याप्टर समावेश गरिएको छ । सरकारले गोकर्ण रिसोर्टको लिज नवीकरण गर्दा एक अर्ब सरकारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कमाइ हुने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया