सोमबार, माघ २८, २०८१

सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा कांग्रेस

नेपालखोज २०७६ फागुन १३ गते १३:४७

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध मोर्चाबन्दीको तयारी थालेको छ । सरकारका गतिविधिहरू एकपछि अर्को गर्दै विवादित बन्न थालेपछि प्रतिपक्षमा प्रमुख भूमिकामा रहेको कांग्रेसले धारणा मिल्ने दलहरूसँग मोर्चाबन्दीको तयारी गरेको हो । सरकारविरुद्धको मोर्चाबन्दीमा संसद्मा रहेका दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीसँग कांग्रेसले संवाद सुरु गरेको हो ।

Advertisement

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा रहेका दलहरूसँग सरकारका गलत क्रियाकलापबारे कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको बताए ।

कांग्रेसले आइतबार बसेको छाया सरकारको पहिलो बैठकबाटै प्रतिपक्षमा रहेका दलहरूबीच समन्वय गरेर संयुक्त रूपमा सरकारका गतिविधिमाथि निगरानी गर्ने र सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्ने निर्णय गरेको थियो । सोहीअनुसार कांग्रेस र मधेसकेन्द्रित दुई प्रतिपक्षी दलबीच जनचासोका विषयमा कार्यगत एकता गरेर संसद्मा प्रस्तुत हुने समझदारी बनेको हो ।

प्रतिक्रिया