सेनाको जंगीअड्डा अगाडि प्रदर्शनमा उत्रिए मजदुर
नेपालखोज
२०७६ फागुन १३ गते १३:५६
काठमाडौँ । नेपाली सेनाको जंगीअड्डामा निर्माण गरिएको भवनको भुक्तानी माग गर्दै भद्रकाली अगाडि प्रदर्शन गरिएको छ । मुख्यालयका विभिन्न संरचना निर्माणमा संलग्न सहायक ठेकेदार, सप्लायर्स, मजदुरले लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै आज बिहान प्रदर्शन गरेका हुन् ।
मुख्यालय भवन निर्माण कार्य सकेको ९ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि बाध्य भएर आफूहरू धर्नामा बसेको सहायक ठेकेदार रमेश शिवकोटीले जानकारी दिए ।
‘मजदुर मार्न पाइँदैन’, ‘भुक्तानीको ग्यारेन्टी गर’लगायतका प्लेकार्ड देखाएर उनिहरुले धर्नामा दिएका छन् । आज बिहान १० बजेदेखि सुरु भएको धर्ना कार्यक्रम १२ बजे सकिएकोे सहायक ठेकेदार शिवाकोटीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया