आइतबार, वैशाख २३, २०८१

‘गान्धी गोडसे एक युद्ध’ फिल्म बिना कटाई सेन्सर बोर्डबाट पास

नेपालखोज २०७९ पुष २७ गते १६:३९

काठमाडौं । राजकुमार सन्तोषीको फिल्म ‘गान्धी गोडसे एक युद्ध’लाई सेन्सर बोर्डले कुनै कटौति बिना नै पास गरेको छ । यस फिल्ममा गान्धी र गोडसेको विचारबीचको द्वन्द्व देखाइएको र यसबारे निकै चर्चा भएको फिल्मको ट्रेलरले देखाएको छ ।

फिल्मसँग सम्बन्धित पत्रकार सम्मेलनमा निर्देशक राजकुमार सन्तोषीले फिल्मलाई सेन्सर बोर्डका मान्छेले निकै रुचाएका थिए । गोडसेको बारेमा बोल्दै उनले गोडसेको आवाज दबाइयो, जुन उनका अनुसार गलत भएको बताए ।

उनले भने, ‘धेरैले (गोडसेको विचार) जान्न चाहन्छन् । गोडसेले एउटा कदम चाल्यो, सही वा गलत, युवाहरूले निर्णय गर्नेछन्।’ म कुनै पार्टीसँग आबद्ध छैन, यो प्रचारात्मक फिल्म होइन, मैले इमान्दारिताका साथ फिल्म बनाएको छु । उनले भने, ‘फिल्ममा गान्धीजीको पक्ष र गोडसेको पक्षलाई इमान्दारीपूर्वक राखिएको छ ।’ -बीबीसी हिन्दी

प्रतिक्रिया