बुधबार, वैशाख १२, २०८१

फागुन २४ गते देखि बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

नेपालखोज २०७६ फागुन १३ गते १४:२१

चितवन ।  जिल्ला खेलकूद विकास समितिद्वारा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन २४ र २५ गते हुने भएको छ ।
समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार भरतपुरको गेष्टहाउस चौरमा हुने सो प्रतियोगितामा महिला र पुरुषको एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएका छन् ।

कक्षा १२ सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । यहाँ एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन् ।

प्रतिक्रिया