शुक्रबार, वैशाख १४, २०८१

काठमाण्डौँ तरकारी बजार मुल्यमा आज पनि घटबढ

नेपालखोज २०७६ फागुन १४ गते ८:०२

काठमाडौँ । बुधबार आज पनि काठमाडौँमा तरकारीको मुल्यमा घटबढ भएको छ । कालिमाटी तरकारी बजारका अनुसार आज सबैभन्दा उच्च स्थानमा सेलरी, पार्सल प्रतिकिलो ४५०, लसुन ४००, गुन्दुक ३३० पुदिना ३२० मा किनबेच भइरहेको छ ।

त्यस्तै कालीमाटी तरकारी बजारका अनुसार नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ । यस्तै भेडे खुर्सानी १०० लसुन हरियो १५० हरियो धनिया प्रतिकिलो ७० मा किनबेच भइरहेको छ ।

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ४० रुपैयाँ, रातो आलु प्रतिकिलो ६० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो ९० रुपैयाँ, लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ रहेको छ ।

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ८० रुपैयाँ, भिण्डी प्रतिकिलो १३० रुपैयाँ, स्कुस प्रतिकिलो ७० रुपैयाँ, पालुगो ४०, मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया