सोमबार, माघ २८, २०८१

रुपन्देहीमा खोलामा डुबेर एक युवा बेपत्ता

नेपालखोज २०७६ फागुन २५ गते ९:४१

रुपन्देही । रुपन्देहीमा खोलामा डुबेर एक बेपत्ता भएका छन् । शनिवार हिजो दिउँसो करिव ३ बजेको समयमा रुपन्देहीको तिलोत्तमा नगरपालिका –७ भलवाडीबाट पाल्पाको तिनाउ गाउँपालिका –३ ड्यामसाईडमा पौडी खेल्न आएका तीन जना मध्ये २१ बर्षीय प्रदिप रोका बेपत्ता भएका हुन् ।

Advertisement

भलवाडीका १७ बर्षीय सुमन सारु , सोही स्थानका १५ बर्षीय सुमित चौधरी र रोका संगै पौडी खेल्न आएका थिए ।

त्यस क्रममा रोका तिनाउखोलामा डुबेर बेपत्ता भएको र आईतबार बिहानैदेखि प्रहरीले खोजी कार्य जारी राखेको पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले जानकारी दिए ।

उक्त ड्यामसाईडमा पौडी खेल्ने र सेल्फी खिच्ने क्रममा यस अघि पनि मानिसहरु डुबेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया