शनिबार, फागुन ३, २०८१

रसुवा भन्सार कार्यालयमा राजश्व असुली शून्य

नेपालखोज २०७६ फागुन १४ गते ९:१७

रसुवा । रसुवा भन्सार कार्यालयमा राजस्व असुली शून्यमा झरेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै रसुवागढी नाकाबाट चीनको केरुङमा सामान लिन जाने कन्टेनरहरुहरुको आवत जावत बन्द भएपछि रसुवा भन्सार कार्यालयमा राजस्व असुली शून्यमा आएको हो ।

Advertisement

माघ महिनासम्म यार्डमा रहेका कन्टेनरहरुबाट राजस्व संकलन भए पनि फागुन महिना यता भन्सार कार्यालयको याडमा कन्टेनरहरु शुन्य रहनु र महिनौ दिनदेखि आयात निर्यात ठप्प हुँदा फागुन महिनामा राजस्व असुली शून्यमा आएको हो ।

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७६ र ०७७ को माघ महिनामा भने लक्ष्य भन्दा ३६ प्रतिशत बढी राजस्व संकलन गरेको थियो ।

कार्यालयले माघ महिनामा ४६ करोड ७८ लाख ९१ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६३ करोड ४६ लाख चार हजार राजस्व उठेको प्रमुख भन्सार अधिकृत पुन्य बिक्रम खड्काले बताए ।

यसैगरी कार्यालयले यस आर्थिक वर्षको सात महिनामा सात अर्ब ९७ करोड ३५ लाख ३३ हजार राजस्व उठाएको छ । यो वार्षिक लक्ष्यको ८५.२१ प्रतिशत हो ।

प्रतिक्रिया