बिहीबार, चैत १५, २०८०

नेपालगञ्जमा हाई मास्ट लाइट

नेपालखोज २०७६ फागुन १४ गते १४:१५

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्षका सम्पूर्ण योजना चैत मसान्तभित्र सम्पन्न गरिसक्ने गरी कार्ययोजना अघि बढाएको छ ।

यस्तै गत आवको आन्तरिक राजश्व रु १४ करोड ११ लाख सङ्कलन भएकामा यस आवमा रु १७ करोड ४१ लाख सङ्कलन हुने अनुमान गरिएको नगरप्रमुख डा धवलशम्शेर राणाले बताए । उनका अनुसार माघ मसान्तसम्म रु आठ करोड ७५ लाख छ हजार १९० सङ्कलन भइसकेको छ ।

उपमहानगरपालिकाद्वारा सार्वजनिक गरिएको योजनामा स्थानीय मङ्गल माविमा छात्रा कलेज निर्माणाधीन रहेको छ भने सल्यानीवागस्थित आधारभूत विद्यालयमा अर्को छात्रा विद्यालयको स्तरोन्नतिको कार्य सम्पन्न भई सञ्चालनमा आइसकेको छ । नगरका ३९ स्थानमा हाई मास्ट लाइट जडान शुरु भएको प्रवक्ता प्रमोद रिजालले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका भौतिक पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर योजनाहरु सञ्चालन गर्दै आएको छ । उपमहानगरपालिकाले चालू आवको बजेटलाई विभिन्न शीर्षकमा छुट्याएर प्राथमिकताका आधारमा साना, ठूला विकास योजनाको काम वडा तहसम्म सञ्चालन गर्दै आएको छ । “हामीले बजेटका आधारमा योजनाहरु छुट्याएर विकास निर्माणको काम सञ्चालन गर्दै आएका छौँ”, नगरप्रमुख राणाको भने।

पक्की बाटो, ढल निकास, नाला, खानेपानी, विद्यालयको भौतिक पूर्वाधार, रानीतलाउ पार्क, चिल्ड्रेन पार्क लगायतको संरचनाको जीर्णोद्धार र नयाँ निर्माण लगायतका लागि उपमहानगरपालिकाले बजेट छुट्याएको छ ।

प्रतिक्रिया