बिहीबार, वैशाख १३, २०८१

 प्रदेश सभामा कांग्रेस सांसदले गरे तोडफोड

नेपालखोज २०७७ असोज १९ गते १७:०८

रुपन्देही । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले तोडफोड गरेका छन् । कांग्रसले सर्वसत्तावाद लाद्न नपाइने र प्रस्तावित राजधानी दाङ फेर्नुपर्नेमा दबाब दिएको छ ।

सोमबार १२ बजे बोलाइएको बैठकमा कांग्रेस सांसदले नाराबाजी गरेपछि बैठक केहीबेरका लागि स्थगित गरिएको जनाएको छ । बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रोस्ट्रम घेर्न पुगेका थिए । दोस्रो पटक बसेको बैठकमा सोमबार संसदीय मर्यादा पालना गर भन्दै कांग्रेस सांसदले नारा लगाएका थिए ।

कांग्रेसको विरोधका बाबजुद सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाए । सोमबार प्रदेश सभा बैठकमा नाम र राजधानीको टुङ्गो लगाउने निर्णय भएको छ ।

प्रतिक्रिया