आङछिरिङ शेर्पाका छोरा विरुद्धको मुद्दामा सुनुवाइ जारी
काठमाडौँ । लागुऔषधसहित पक्राउ परेका व्यापारिक घराना यती होल्डिङ्सका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पाको मुद्दाको काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ भइरहेको छ ।
गत माघ १८ गते पक्राउ परेका शेर्पासहित चारजनाको मुद्दाको काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर–१५ भुइँखेलस्थित गुणलक्ष्मी लामामो घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट आङछिरिङ शेर्पाका छोरासहित चारजनालाई स्वयम्भू प्रहरी प्रभागको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पा, राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट खैरो हेरोइन १०० मिलिग्राम, नाइट्रोजन १० ट्याबलेट, डाइजेपाम ६ पिस, नोफिन दुई पिस, फेनगोजान ३९ पिस, सिरिन्ज १२ थान बरामद गरेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया