बिहीबार, वैशाख १३, २०८१

वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी, सुरज वैद्य र चण्डीराज ढकाल उनकै पक्षमा

नेपालखोज २०७६ फागुन १४ गते १७:३५

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको फागुन २८–२९ गते हुन गईरहेको निर्वाचनका लागि व्यवसायी चन्द् ढकालले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पूर्व अध्यक्षद्वय चण्डीराज ढकाल र सुरज वैद्यको उपस्थितिमा चण्डीराज ढकालले आफ्नो उम्मेदावारी घोषणा गरेका हुन् ।

उम्मेदावारी घोषणा कार्यक्रममा बोल्दै ढकालले निर्वाचनमो आफूले समृद्धिको आधार ः राज्इ र निजी क्षेत्रको साझेदार नाराका साथ अगाडि बढेको बताए । आफूले सानो व्यवसाय शुरु गरेर व्यवसायमा प्रवेश गरेको भन्दै सानादेखि ठूला व्यवसायीहरुको पीडा आफूले बुझेको र ती समस्या समाधान गर्नका लागि पनि आफूले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको बताएका छन् ।

उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष भावी अध्यक्ष स्वत हुने प्रावधानका कारण पनि उक्त पदको निकै नै चर्चा हुने गर्दछ । अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको आगामी अध्यक्ष हुन् भने यो निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचिन हुने व्यक्ति आगामी अध्यक्ष हुने छन् ।

अहिलेसम्म वरिष्ठ उपाध्यक्षमा विराटनगरका व्यवसायी किशोर प्रधानले आफ्नो उम्मेदावरी घोषणा गरिसकेका छन् भने आज मात्रै ढकालले आफ्नो उम्मेदवारी घोषणा गरे । सम्भवत वरिष्ठ उपाध्यक्षका लागि प्रधान र ढकाल वीच कडा प्रतिष्पर्धा हुने छ ।

नेपालको रेमिट्यान्स क्षेत्रलाई स्थापित गर्न निकै ठूलो भूमिका खेलेका चन्द्र ढकालले कार्गोबाट व्यवसायिक यात्रा गरेको थिए । मध्यम बर्गीय परिवारमा जन्मेका ढकाल आजसम्मको यात्रामा आईपुग्दा निकै नै कठिन यात्रा पार गरेका छन् । नेपाली उद्योगीहरुको पेशागत सुरक्षाका लागि निरन्तर लडिरहेका ढकाल सम्भवत उपाध्यक्षमा निर्वाचित हुने छन् ।

प्रतिक्रिया