बुधबार, वैशाख २६, २०८१

इटलीमा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै, १२ जनाको ज्यान गयो, ४०० बढी प्रभावित

नेपालखोज २०७६ फागुन १५ गते ७:३४

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युरोपेली मुलुकमा तीव्रताका साथ फैलिरहेको छ । युरोपका सबैभन्दा बढी इटलीमा संक्रमितको संख्या ४०० पुगेको छ ।

प्रभावितको संख्या २४ घण्टामा २५ प्रतिशतले बढेको हो । मंगलबारमात्र थप ८० जनामा संक्रमण देखिएको पुष्टि भएको थियो ।

इटलीमा सबैभन्दा बढी मिलान, भेनेटो र लोम्बार्डी सहर छन् । यो संक्रमणबाट इटलीमा १२ जनाको मृत्यु भइसकेको छ । अहिले इटालीमा संक्रमण फैलन नदिन विद्यालय, विश्वविद्यालय, सिनेमाघर लगायतका सार्वजनिक स्थान बन्द गरिएका छन् ।

हालसम्म ५५ हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । विश्वभर प्रभावितको संख्या ८० हजार नाघेको छ भने ४० देश यसबाट प्रभावित बनेका छन् । यसबाट हालसम्म २७०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया