बुधबार, वैशाख १२, २०८१

दिल्ली हिंसाको चौथो दिन मृत्यु हुनेको संख्या २७ पुग्यो, २ सय ५० बढी घाइते

नेपालखोज २०७६ फागुन १५ गते ८:४१

एजेन्सी । दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता संशोधन कानुनको विरोधमा भएको हिंसामा बुधबारसम्म २७ जनाको ज्यान गएको छ । नागरिकता कानुनविरुद्धको प्रदर्शनले हिंसाको रुप लिँदा अन्य दुई  सय ५० जना घाइते भएका छन् । जीटीबी अस्पतालमा २५ र जेपी अस्पतालमा दुई जनाको ज्यान गएको बताइएको छ ।

जीटीबी अस्पतालले बुधवार ९ जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेमा प्रदर्शनकारी र प्रहरी रहेका छन् । नयाँदिल्लीको सर्वा्धिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीले सबै विद्यालय बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यू लगाइएको छ ।

मंगलवार राति भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेता र प्रहरी अधिकारीसँग कुराकानी गरेका छन् ।

दिल्ली उच्च अदालतको मंगलबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र घाइतेको उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ । हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए ।

प्रतिक्रिया