बुधबार, असोज १२, २०७९

तत्काली पर्यटनमन्त्री अधिकारीसहित सातजनाको हेलिकप्टरमा निधन भएको आज एक वर्ष पूरा

नेपालखोज २०७६ फागुन १५ गते ८:४९

काठमाडौँ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको बिहीबार आज एक पूरा भएको छ ।

गएको वर्ष फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा परि तत्काली पर्यटनमन्त्री अधिकारीसहित सातजनाको निधन भएको थियो ।

ताप्लेजुङ्गको प्रशिद्ध तिर्थस्थल पाथिभरा दर्शन गरी तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो ।

गएको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको विमान दुर्घटनामा निधन भयो । २०२६ साल वैशाख १२ गते कास्कीको भरतपोखरी ९ मा रवीन्द्र अधिकारीको जन्म भएको थियो ।

अनेरास्ववियुबाट राजनीति सुरु गरेका अधिकारी कास्कीबाट पछिल्लो तीनपटकको निर्वाचनमा प्रत्यक्ष निर्वा्चित भएका थिए ।

२०६४ र २०७० सालको संविधानसभा तथा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वा्चित भएका थिए । अधिकारीको निधनपछि भएको उपचुनावमा कास्की–२ बाट उनकी श्रीमती विद्या भट्टराई विजयी भइन् ।

प्रतिक्रिया