सोमबार, जेठ ७, २०८१

उच्च ब्याजदरले धेरै ऋण भएका देशलाई समस्यामा पार्नसक्छ : विश्व बैंक

नेपालखोज २०८० असोज २४ गते १९:५३

मोरक्को । विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिले कर्जा व्यवस्थापनका लागि सङ्घर्षरत देशहरूलाई समस्यामा पार्न सक्ने चेतावनी दिएका छन् ।

विगत केही महिनाहरूमा अमेरिकी फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक र विश्वव्यापीरूपमा राष्ट्रिय बैङ्कहरूले पनि उच्च मुद्रास्फीतिलाई कम गर्नको लागि दरहरू बढाउँदै यो वृद्धि सामान्य अपेक्षाभन्दा धेरै समयसम्म लम्बिन सक्ने चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोभिड–१९, युक्रेनमा जारी युद्ध र जीवनयापनको लागतको सङ्कटका बाबजुद पनि विश्व अर्थतन्त्र लचिलो रहेको बताएको छ । गिलले सन् १९७० को दशकमा उच्च ब्याजदरको अर्को लामो अवधिमा करिब २४ वटा अर्थतन्त्र सङ्कटग्रस्त स्मरण गरे ।

प्रतिक्रिया