शुक्रबार, वैशाख ७, २०८१

पूर्व उपप्रधानमन्त्री सीपी मैनाली सवार कार दुर्घटना, बुहारीको दुवै खुट्टा भाँचियो

नेपालखोज २०७६ फागुन १५ गते १५:०५

महोत्तरी । नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली चढेको कार परेको छ । आज वीपी राजमार्गको महोत्तरी बर्दिबास कालापानीमा मैनाली चढको सवारी दुर्घटना भएको हो ।

दूर्घटनामा परी मैनाली र उनी बुहारी गम्भीर घाईते भएको बर्दिवास प्रहरीले जनाएको छ । दूर्घटना भएको सो कारमा मैनालीका छोरा, बुहारी नाती चालक सहित पाँच जना सवार दिए ।

छोरा, नाती र चालकलाई साधारण चोट पटक लागेको प्रहरीले जनाएको छ । मैनालीको टाउकोमा चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

झापाबाट काठमाडौंतर्फ आउँदै गरेको मनौली सवार बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप जीप एक आपसमा ठोक्किएको थियो। घाइतेहरुको अहिले बर्दिवासस्थित जनसेवा हस्पिटलमा उपचार भैरहेको छ।

प्रतिक्रिया