बिहीबार, चैत १५, २०८०

‘पुस्तक विक्री व्यापार हो, यसमा कर लगाउँदा ज्ञानमा कर लगायो भनेर भ्रम नफैलाऔ’ : अर्थमन्त्री खतिवडा

नेपालखोज २०७६ फागुन १५ गते १७:०४

काठमाण्डौ । पुस्तक विक्रीमा कर लगाएको बिषयमा सरकारको आलोचना भइरहेका बेला अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण दिन सरकारले पुस्तक बिक्रिमा कर लगाएको बताएका छन् ।

खतिवडाले पुस्तक बिक्रीमा धेरै मुलुकले मूल्य अभिबृद्धि कर लगाउने गरेको र त्यो कर १८ प्रतिशत सम्म रहेको उनले बताए ।

सरकारले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै खतिवडाले भने, अर्बौ रुपैयाँ लगानी गरेर स्वदेशमा स्थापना भएका प्रेसले गर्ने कागज आयातमा पनि कर लगाएका हौं । पुस्तकको विक्रि व्यापार भएकाले सरकारले ज्ञानमा कर लगायो भनेर भ्रम फैलाउने काम नगरौं । उनले भने, पुस्तक बेच्नु व्यापार हो, यसलाई ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगरौं ।’

उनले विकास खर्च गत बर्षको तुलनामा कम नभएको बताएका छन् ।

आर्थिक बर्षको अन्त्य सम्ममा बजेटको ९० प्रतिशत भन्दा बढी खर्च हुने दाबी गरे । निर्माण व्यवसायी, ठेक्का पट्टा सम्बन्धी विवाद लगायतका कारण आर्थिक बर्षको सुरुवाती दिनमा विकास खर्च हुन नसके पनि पछिल्लो अवस्था सन्तोषजन रहेको उनले बताए ।

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन सम्बन्धी अडियो प्रकरण छानविनका सम्बन्धमा संचारकर्मीले सोधेको प्रश्नमा खतिवडाले सम्बन्धीत निकायहरुले अध्ययन गरिरहकाले उनीहरुबाट आउने नतिजा पर्खन आग्रह गरे । ‘अख्तियार, संसदीय समितिलाई थाहा छ,’ उनले भने, ‘संबैधानिक, कानुनी र संस्थागत विधिबाट निक्र्योल हुन दिउँ । कानुनी अधिकार प्राप्त निकायले अध्ययन गरोस् ।’

प्रतिक्रिया