आइतबार, असोज २०, २०८१

कोरोनाले आर्थिक संकट आएको भन्दै जर्मनीका अर्थमन्त्रीले गरे आत्महत्या

नेपालखोज २०७६ चैत १७ गते ७:२४

काठमाडौं । जर्मनीको एक राज्यका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन् । उनले कोरोना भाइरसको बढ्दो संक्रमणबाट चिन्तित भएर आत्महत्या गरेका हुन्। ५४ वर्षीय मन्त्री सेफर रेल्वे ट्रयाक नजिक मृत अवस्थामा फेला परेका थिए।

सेफर कोरोना महामारीले आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनिकरणका लागि दिनरात कम्पनी र कामदारको बीच सम्झौतामा संलग्न थिए। आर्थिक संकटको बेला सेफरको अनुभवको जरुरी रहेको बेला उनको निधन भएको छ ।

प्रतिक्रिया