सोमबार, माघ २८, २०८१

बाँस्कोटाको बचाउ गर्दै ओलीले भने, ‘भ्रष्टाचार प्रमाणित भए कारबाही गर्छु, झुटो आरोप भए प्रतिवाद’

नेपालखोज २०७६ फागुन १५ गते १७:२५

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोल्दै निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा दोषी प्रमाणित भइ नसकेको बताएका छन् ।

Advertisement

ओलीले बाँस्कोटाको नाम जोडिएकाले मात्र राजिनमा दिएको बताउँदै अहिले उनीमाथिको अभियोग प्रमाणित नै भएको जसरी प्रचार गरिनु दुर्भाग्य भएको समेत बताए ।

विहीबार नेकपाको बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । मुद्दा लागेको छैन ।’

बाँस्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेकोले अहिले नै उनलाई दोषी प्रमाणित गर्न नमिल्ने ओलीले जिकिर गरे । भ्रष्टाचार भए नभएको छानबिन हुने भन्दै उनले भने, ‘यो आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको छ ।’

यदि भ्रष्टाचार भएको भए कारबाही गर्ने तर झुटो आरोप लगाएको भए त्यसको प्रतिवाद गर्ने समेत ओलीले बताए ।

प्रतिक्रिया