बिहीबार, वैशाख १३, २०८१

नागार्जुन नगरपालिका साक्षर नगर घोषणा

नेपालखोज २०७६ फागुन १५ गते १७:३७

काठमाण्डौ । नागार्जुन नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत नागरिक साक्षर भएकाले साक्षर नगरपालिका घोषणा गर्ने मापदण्ड पूरा भएकाले नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो ।

नगरपालिकाको २९ दशमलब ८ वर्ग किलोमिटर क्षेत्रफल भित्रका १० वटै वडालाइ समेटिएर नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो ।
बुधवार सम्पन्न विशेष समारोहबाबीच नगरपालिकाई साक्षर नगर घोषणा गरिएको हो ।

नगरपालिकालाई साक्षर नगर घोषणा गर्दै जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले नागार्जुन नगरपालिका साक्षर नगर घोषणासँगै विकासका काममा तिब्र बन्दै गएको बताए । उनले नगरपालिकामा जनप्रतिनिधि आएपछि विकासको गति फड्को मार्दै गएको भन्दै स्थानीय तहमा सेवाग्राहीको अपेक्षा पूरा गर्न जनप्रतिनिधि सधै क्रियाशिल रहनुपर्नेमा जोड दिए ।

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नेपाल सरकारको अभियान पूरा गर्न नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको बताए । प्रमुख बस्नेतले नगरपालिकाले आगामी डेढ वर्षभित्र आफ्नै प्रशासनिक भवन निर्माण गर्नका लागि भवनको शिलन्यास गरिएको जानकारी दिए । १८ करोड रूपियाँ लागतमा निर्माण हुन लागेको प्रशानिक भवन जिल्ला समन्वय समिति काठमडौँको ६० प्रतिशत र नगरपालिकाआफ्नै ४० प्रतिशत लागयतमा सम्पन्न गरिनेछ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नगरपालिकाले आफ्नै प्रशासनिकबाट सेवा प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्न लागेको बताए ।

प्रतिक्रिया