बिहीबार, वैशाख १३, २०८१

आज भगवान अन्नपूर्णेश्वरी माताको पुजा गर्नुस्, यस्तो छ तपाईको आजको राशिफल

नेपालखोज २०७६ फागुन १६ गते ६:४८

आज शुक्रबारका दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गरेका छन् । साथै यस दिनमा लक्ष्मी माताका अवतारहरु सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।

शुक्रबार आजको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ । आजका दिन महालक्ष्मी देवीको पुजा गर्नाले घरमा लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक मान्यता छ ।

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ कर्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । आत्मविश्वासपनि जाग्नेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
राजनैतिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सामान हराउने योग छ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

प्रतिक्रिया