शुक्रबार, वैशाख ७, २०८१

आजको मौसम सामान्यतया सफा, अपराह्नपछि वर्षा हुने सम्भावना

नेपालखोज २०७६ फागुन १६ गते ८:१०

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार आज देशमा कुनै पनि मौसमी प्रणाली नभएकाले मौसममा कुनै बदलाब नहुने देखिन्छ ।

शुक्रबार आज महाशाखाले पूर्वानुमान जारी गर्दै आजको मौसमको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । भने अपरान्ह पछि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

राति देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया