घुससहित वडासचिव पक्राउ
नेपालखोज
२०७६ फागुन १६ गते १३:२५
विराटनगर । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव घुससहित पक्राउ परेका छन् । २० हजार घुससहित वडा सचिव (खरिदार) सुशिल ठाकुर पक्राउ परेका हुन् ।
ठाकुरले जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको थिए । साेही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।
सचिव ठाकुरलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
सम्बन्धित
प्रतिक्रिया