सोमबार, चैत १०, २०८१

जनस्वास्थ्य प्रयोगशालाले आईएसओ मान्यता पाउने संभावना

नेपालखोज २०७६ फागुन १७ गते १०:३५

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आईएसओ मान्यता पाउने प्रबल संभावना भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको यो प्रमाणपत्र पाएपछि नेपालमा नै सबैखाले परीक्षणले मान्यता पाउने छ ।

Advertisement

पहिलाको तुलनामा अहिले धेरै नयाँ प्रविधिको प्रयोग गरेर आईएसओ मान्यता नजिक पुगेको निर्देशक डाक्टर अरुणा झाले बताइन् ।

आईएसओ प्रमाणीकरणका लागि सयभन्दा बढी कागजपत्र तयार पारेको डाक्टर झाले बताए । आर्ईएसओ सर्टिफाईड हुनका लागि आईएसओ वान फाईभ वान एट नाईन प्रमाणीकरण हुनुपर्छ ।

यो मान्तया पाएपछि विश्वभर नै राम्रो सूचना प्रवाह गर्न सकिने उनको दावी छ । अहिले कोरोना तथा इन्फ्लुएन्जाको रिपोर्टको लागि चार जना लगातार आठ घण्टासम्म खटिनुपर्ने डाक्टर झाले बताइन ।

प्रतिक्रिया