बुधबार, असोज २३, २०८१

भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकाले टेकबहादुर गुरुङ निलम्बित

नेपालखोज २०७९ पुष १२ गते १७:४०

काठमाडौं । संघीय संसद सचिवालयले टेकबहादुर गुरुङको सांसद पद निलम्बन गरेको जनाएको छ । संसद सचिवालयले जारी गरेको विज्ञप्तिअनुसार उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रानुसार गुरुङको सांसद पद निलम्बन गरिएको हाे ।

प्रतिक्रिया