मलेसियाबिरुद्ध सहज जितको अपेक्षा
काठमाडौँ । एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल थाइल्याण्डको बैंककमा नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ । नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो ।
त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएको छ । मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।हालै हङकङविरुद्धको पाँच खेलको टी –ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो ।
त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ ।प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
प्रतिक्रिया