बिहीबार, वैशाख १३, २०८१

लुम्बिनीमा शान्ति स्मारकको वेबसाइट सार्वजनिक

नेपालखोज २०७७ फागुन १६ गते १२:२३

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा बन्न लागेको ‘विश्व शान्ति स्यांक्चुरी’को आधिकारिक वेबसाइट सार्वजनिक गरिएको छ । शनिबार लुम्बिनीमा भएको एक समारोहकाबीच शान्तिका लागि बन्न लागेको शान्ति भवन ‘स्यांक्चुरी’ को वेभसाइट peacesanctuary.org सार्वजनिक गरिएको हो ।

परमआदरणीय श्याल्पा तेन्जिङ रिम्पोचेको परिकल्पनामा बन्न लागेको स्यांक्चुरीलाई विश्वकै ठूलो शान्ति स्मारक भनिएको छ । जहाँ सभाहलसहितको विशाल भवन बनाउने तयारी गरिएको छ ।

कार्यक्रममा श्याल्पा तेन्जिङ रिम्पोचेले पिस स्यांक्चुरी विश्वभरिका मानव समुदायको सम्पत्ति भएकाले त्यसलाई सबैको प्रयत्नमा बनाउनुपर्ने तथा सर्वसाधारणको एक–एक रुपैयाँ सहयोगबाट नेपालमा विश्वकै प्रतिष्ठित शान्ति स्यांक्चुरी बनाउने संकल्प आफूले लिएको बताए । उक्त वेबसाइटमा विश्व शान्ति स्यांक्चुरीबारे विस्तृत विवरण जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया