आइतबार, माघ २७, २०८१

खप्तड गोल्डकपका सेमिफाइनलहरु आज, एपीएफ र सुदूरपश्चिम–११ भिड्दै

नेपालखोज २०७६ फागुन १७ गते १३:१२

काठमाडौँ । सर्वाधिक धनराशिको चौंथो सुदुरपश्चिम खप्तड गोल्डकपको पहिलो सेमिफाइनल शुक्रबार आज हुँदैछ । कैलाली हसनपुरस्थित धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम–११ र साविकको उपविजेता एपीएफ क्लब भिड्ने छन् ।

Advertisement

आयोजक र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुँदैछ । आयोजक सुदूरपचिम ११ एपीएफविरुद्ध बदला लिन चाहन्छ । गत सिजन आयोजक सुदुरपश्चिम एपीएफसँग सेमिफाइनलमै रोकिएको थियो ।

तर, यस पटक भने घरेलु दर्शकमाझ आयोजक बदला दिने दाउमा हुनेछ । एपीएफ भने पुन सुदुरपश्चिमलाई हराएर फाइनल पुग्न चाहन्छ । प्रतियोगिताको दोस्रो सेमिफाइनल आईतबार हुनेछ । दोस्रो सेमिफाइनलमा थ्री स्टार र हिमालयन शेर्पा क्लब भिड्नेछन् ।

सुदूरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया