बिहीबार, वैशाख २०, २०८१

फिटनेस : तौल एकै दिनमा घट्दैन

नेपालखोज २०८० भदौ १३ गते ५:३५

यदि कसैले ग्यारेन्टी दिन्छ कि उसले तपाईँको तौल एक हप्ता वा केही दिनमा कुनै हानि बिना चमत्कारिक रूपमा घटाउँछ भने सावधान रहनुहोस् । वजन घटाउनु एउटा प्रक्रिया हो जसका लागि समय लाग्छ । यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा यो प्रक्रियाको निरन्तरता हो। नियमित दिनचर्या कायम नगर्ने हो भने घटेको तौल फेरि बढ्न सक्छ ।

यसबाहेक हरेक मानव शरीरको आ–आफ्नै स्वभाव हुन्छ । यदि कुनै व्यक्ति आफ्नो तौल घटाउन सफल हुन्छ भने त्यो सबैका लागि लागु हुन्छ भन्ने जरुरी छैन । त्यसैले तौल घटाउन सही बिधि र सल्लाह रोज्नु राम्रो हुन्छ। तौल घटाउने दिशामा मानिसहरूले चाल्ने गलत कदमहरू यस्ता छन् :

–धेरैजसो मानिस भोकै बसेर तौल घटाउने व्यायाम गर्छन् । उनीहरूलाई लाग्छ कि यो कडा डाइटिङले चमत्कारीक रूपमा आफ्नो वजन कम गर्नेछ। यसले तौल पनि घट्छ तर शरीरमा धेरै नोक्सान पुर्याउँछ । लामो समयसम्म भोकै बस्दा वा धेरै कडा डाइटिङका ​​कारण शरीरले पूर्ण पोषण पाउँदैन । यसले शरीरमा चिनीको मात्रा पनि कम गराउन सक्छ भने मेटाबोलिज्म पनि असन्तुलित हुन सक्छ।

–परिचित, साथी वा सेलिब्रेटीले अपनाएको डाइट प्लानले पनि हाम्रो शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ। जुन आहारले अरूका लागि राम्रो काम गरेको छ त्यसले आफुलाइ पनि फाइदा पुर्याउँछ भन्ने छैन । यसका कारण शरीरको पोषणको स्तर सन्तुलित हुन सक्छ ।

–बजारमा पाइने सबै लो क्यालोरी, क्यालोरी फ्री, लो फ्याट फुड र चिनी फ्री फुडले डाइटिङमा मद्दत गर्छ भन्ने होइन । यस्ता चीजहरूमा पाइने केमिकलले शरीरका आन्तरिक अङ्गहरूको काममा बाधा पुर्याउँछ। यसको सट्टा यदि आफ्नो खानामा मध्यम मात्रामा घ्यू/ तेल प्रयोग गर्ने हो भने मात्र पनि कुनै समस्या हुनेछैन ।

प्रतिक्रिया