बिहीबार, वैशाख १३, २०८१

काठमाडौंमा एक दिनमै २३ सय चालकमाथि कारबाही

नेपालखोज २०७६ फागुन १७ गते १३:२८

काठमाडौँ । पछिल्लो २४ घन्टाभित्र काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ३ सय २ जना चालक कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरै सडक र फुटपाथमा सवारी पार्किङ गर्ने २४२ जना रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

लेन अनुशासन उल्लंघन गर्ने १७४ र मादक पदार्थ सेवन गरेर सवारी चलाउने ११० जना चालक कारबाहीमा परेका छन् ।

महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौै उपत्यकामा भएका ४६ वटा सवारी दुर्घटनामा ३५ जना सामान्य घाईते भएका छन् ।

बितेको २४ घन्टामा विभिन्न नाका हुँदै काठमाडौं उपत्यकामा ८६ हजार ८ सय ७ जना यात्रु भित्रिएका छन् भने ९१ हजार ४ सय १२ जना यात्रु बाहिरिएका छन् ।

प्रतिक्रिया